काठमाडौं । चालु आर्थिक वर्षको भदौसम्ममा आयात १६ प्रतिशतले बढेको छ ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात बढेको देखिएको हो । विभागका अनुसार भदौसम्म ३ खर्ब ५ अर्ब १५ करोड बराबरको वस्तु आयात भएको छ ।
जुन गत आर्थिक वर्षको तुलनामा १६ दशमलव २३ प्रतिशत बढी हो । अघिल्लो वर्षको भदौसम्म २ खर्ब ६२ अर्ब ५४ करोड बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै निर्यात ८८ प्रतिशतले बढेको छ । यो वर्षको भदौसम्म ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । जबकी अघिल्लो वर्ष भदौसम्म २५ अर्ब ९ करोडको निर्यात भएको थियो ।
आयात बढेसागै ब्यापार घाटा पनि ८ प्रतिशतले बढेको छ । व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ रहेको देखिन्छ । भदौसम्ममा साढे ३ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ ।