काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले संशोधनसहित आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ ।
यो वर्ष राखिएका तर आयोजना हुन नसकेका प्रतियोगितालाई हटाएर एन्फाले सीमित खेल समेट्दै क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा एन्फा महिला लिगको ठाउँमा एन्फा महिला च्याम्पियनसिप र नयाँ नामको महिला लिगबारे चर्चा गरिएको छ।
यसअघि सहिद स्मारक महिला सुपर लिगबारे चर्चा भएको थिएन । नेपाल सुपर लिगबारे भने क्यालेन्डर मौन छ। महिलाको फ्रेन्चाइज फुटबल प्रतियोगिता पनि क्यालेन्डरमा छैन । साफ र एएफसीका खेलसमेत समायोजन गरिएको क्यालेन्डरमा एसियन कप छनोटको खेलबारे पनि जानकारी दिएको छ।
क्यालेन्डरमा अन्डर सिक्सटिन लिग, अन्डर एटिन लिगलगायत विषयमा कुरा गरिएको छ।