कार्यसञ्चालन सुरु हुनुअघि नै ढिलाइ : आन्दोलनबारे जाँचबुझ आयोग अझै औपचारिक जानकारीविहीन

आश्विन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कार्यसञ्चालन सुरु हुनुअघि नै ढिलाइ : आन्दोलनबारे जाँचबुझ आयोग अझै औपचारिक जानकारीविहीन

काठमाडौं । जेन-जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिसँगै भदौ २३ र २४ गते भएका घटनाबारे छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीलाई सरकारले अहिलेसम्म पत्र दिएको छैन ।

मन्त्रिपरिषद्‌को आइतबारको बैठकले तीन सदस्यीय आयोग बनाउने निर्णय गरेको थियो । आयोगका संयोजक गौरीबहादुर कार्कीले अहिलेसम्म सरकारका तर्फबाट औपचारिक जानकारी समेत नआएको बताउनुभयो ।

आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी हुनुहुन्छ । आयोगलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ ।

तर चार दिनसम्म आयोगका पदाधिकारीले पत्रसमेत पाएका छैनन् । छानविनका लागि कार्यविधि बनाउन र कार्यालय स्थापना गर्न सरकारले प्रक्रिया थाले पनि काम हुन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.