विराटनगर भन्सार र महानगरले राजश्व लक्ष्य पूरा गर्न सकेनन्

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
विराटनगर भन्सार र महानगरले राजश्व लक्ष्य पूरा गर्न सकेनन्
विराटनगर । विराटनगर भन्सार कार्यालय र विराटनगर महानगरले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेनन् । 

विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८० दशमलव नौ प्रतिशत राजश्व उठाउन सफल भएको छ भने विराटनगर महानगरपालिकाले लक्ष्यको ५७ प्रतिशत मात्रै राजश्व उठाएको छ । 

विराटनगर भन्सारलाई आर्थिक वर्ष २०८१/८२ का लागि ४१ अर्ब ५५ करोड लक्ष्य तोकिएकोमा ३३ अर्ब ६२ करोड सङ्कलन गरेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरलाई १० अर्ब ७२ करोड राजश्व लक्ष्य तोकिएकोमा आठ अर्ब ८९ करोड रूपैयाँ राजश्व सङ्कलन गरेको छ । 

अधिकारीहरूले राजश्वको लक्ष्य नै बढी राखेको, वस्तु आयातको ढाँचा नै परिवर्तन भएको जस्ता कारणले लक्ष्य पूरा नसकेको दाबी गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.