काठमाडौं । मौलाकालिका हाइडोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिने कालिका कालीगण्डकी जलविद्युत् आयोजना र अगुवा लगानीकर्ता कृषि विकास बैंकबीच आज वित्तीय व्यवस्थापन सम्बन्धी हस्ताक्षर भएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रम गरी कम्पनीका अध्यक्ष कृष्णप्रसाद सुवेदी र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङबीच हस्ताक्षर भएको हो ।
४७.७ मेगावाटको उक्त आयोजना तनहुँ र नवलपरासीपूर्वमा निर्माण हुन लागेको हो । करिब १० अर्ब १५ करोड लगानी हुने उक्त आयोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अघि बढाउने जानकारी मौलाकालिका कम्पनी प्रमुख कार्यकारी अधिकृत सीईओ उमेश कसजुले जानकारी दिनुभयो ।
उक्त आयोजनामा कृषि विकास बैंकको अगुवाइमा सिटिजन्स बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, सांग्रिला बैंकले लगानी गर्नेछन् ।