काठमाडौं । अर्थमन्त्री विष्णु पाैडेलले अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो आग्रह गर्नुभएको हो । उहाँले छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँकाअनुसार अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार छ ।
उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने उहाँको भनाइ छ । बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्ने उहाँको भनाइ छ ।