काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक आयातकर्ता र वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी विन्डसर ईभी नेपाली बजारमा भित्र्याएको छ ।
प्यारामाउन्ट मोटर्सले काठमाडौंमा एक कार्यक्रम गरी नयाँ एमजी विन्डसर ईभी सार्वजनिक गरेको हो । यो गाडी भारतपछि नेपालमा सार्वजनिक गरिएको हो ।
नेपाली सडकलाई ख्याल गरी कार डिजाइन गरिएको उत्पादकहरूको दाबी छ । यसको ३८ किलोवाट ब्याट्रीले ३ सय ३२ किलोमिटरको सम्म यात्रा गर्न सकिने छ । एमजी मोटर्स नेपालका प्रवक्ता सुनीलबहादुर क्षेत्रीले गाडी व्यावसायिकसँगै परिवारका लागि पनि उपयुक्त रहेको बताउनु भयो ।
विद्युतीय सवारी साधनको भिडमा विन्डसर इभीले अलग पहिचान बनाउने कम्पनीको दाबी छ । विन्डसर इभीले नेपालमा विद्युतीय सवारीको प्रवर्द्धनमा थप सघाउ पुर्याउने प्रवक्ता क्षेत्रीको भनाइ छ ।