आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । 

आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रूपमै पारित भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.