काठमाडौं । चियाको आन्तरिक बजार विस्तार गर्ने उद्देश्यले इलाम बजारमा टी-टेस्टिङ कार्यक्रम गरिएको छ ।
नेपाली बजारमा इलाममा उत्पादित अर्गानिक अर्थोडक्स चियाको बजार न्यून भएको भन्दै इलामको माईपूर्वका बगानमा उत्पादित चियाको टेस्टिङ कार्यक्रम सञ्चालन गरिएको हो ।
इलाममा उत्पादित अर्थोडक्स चिया भारत र विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि आन्तरिक खपत न्यून रहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डअन्तर्गत पानीटार चिया विस्तार आयोजनाले आयोजना गरेको टी-टेस्टिङमा यस क्षेत्रका एक दर्जन धेरै चिया कारखानामा उत्पादित चियाको स्वाद चखाइएको थियो ।
इलाममा प्रतिकिलो २ सय देखि २५ हजार रूपैयाँसम्म पर्ने चिया उत्पादन हुने गरेको व्यवसायीले बताए । इलाममा मात्र वार्षिक ६१ लाख किलो भन्दा धेरै तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ ।