कोशी र गण्डकीको बजेट पारित

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी र गण्डकीको बजेट पारित
काठमाडौं । कोशी प्रदेश सभाको शुक्रबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। 

सभामुख अम्बरबहादुर विष्टले आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२ बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

यसैगरी गण्डकी प्रदेश सभाले पनि आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको छ । प्रदेश सभामा असार १ गते पेस भएको ३१ अर्ब ९७ करोड रूपैयाँको बजेट बहुमतले पारित भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.