धनकुटाका किसानले पाएनन् बन्दागोभीको गुणस्तरीय बीउ, बेर्ना तयार नहुँदा सिजननै उम्कने चिन्ता

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटाका किसानले पाएनन् बन्दागोभीको गुणस्तरीय बीउ, बेर्ना तयार नहुँदा सिजननै उम्कने चिन्ता

धनकुटा । बन्दागोभी खेतीको मुख्य सिजन चलिरहँदा धनकुटाका किसानले गुणस्तरीय बीउ पाउन सकेका छैनन् ।

धनकुटाको जोरपाटी, सिंधुवा, मूर्तिढुंगा, पटेकलगायतका क्षेत्रमा आलु खनेर बेमौसमी बन्दागोभी लगाउने सिजन चलिरहेको छ । यसअघि उमारिएका बेर्ना किसानले रोपिसकेका छन् । 

आलु खनेर बन्दागोभी रोप्न यतिबेला बेर्ना तयार पारिसक्नुपर्छ । तर यतिबेलासम्म गुणस्तरीय बीउ बजारमा उपलब्ध भएको छैन् । यो क्षेत्रमा बन्दागोभीमा क्लपरूट रोगको प्रकोप फैलिनेगरेको छ ।

गुणस्तरीय बीउ नपाइएको गुनासो लिएर किसानहरू गाउँ पालिका र वडाकार्यालयसम्म पुग्न थालेका छन् । धनकुटा बन्दासहित ताजा तरकारी उत्पादनमा पूर्वकै अग्रणी मानिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.