सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

काठमाडौं । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरूद्धमा सुनचाँदी व्यवसायीहरूले सटर बन्द गरेका हुन् । 

न्युरोडलगायका स्थानहरूमा सुनचाँदी पसल बन्द रहेको छ । विनयोजन विधेयक पास हुँदा पनि आफूहरूको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरूको भनाइ छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरूले आन्दोलन सुरू गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएसँगै उनीहरूले आन्दोलन स्थगित गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.