विद्युत् खरिद सम्झौता ‘टेक एन्ड पे’को व्यवस्था संशोधन

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
विद्युत् खरिद सम्झौता ‘टेक एन्ड पे’को व्यवस्था संशोधन

काठमाडौं । ऊर्जा उद्यमीहरूको निरन्तर दबाबपछि सरकारले बजेटमा ल्याएको जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता ‘टेक एन्ड पे’मा गर्ने व्यवस्था संशोधन गरेको छ । प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘टेक अर पे’ मै विद्युत् खरिद सम्झौता हुने जानकारी गराउनुभएको छ । 

राम्रोका लागि ल्याएको भए पनि त्यसले ऊर्जा क्षेत्रको विकासमा नकारात्मक असर गर्ने देखिएपछि बजेटमा संशोधन गरिएको उहाँले बताउनुभयो ।

आवश्यकताका आधारमा ‘टेक अर पे’ मै विद्युत् खरिद सम्झौता गर्ने भन्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट संशोधन गर्नुभएको हो । योसँगै अब विद्युत् खरिद गर्ने सम्झौता भएको र बैंकले लगानी गर्नेमा निजी क्षेत्र विश्वस्त भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.