मध्यपुर थिमि नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट विनियोजन

असार १०, २०८२ |सुन्दर शिल्पकार
मध्यपुर थिमि नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट विनियोजन

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट विनियोजन गरिएको छ । 

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २५ करोड ६६ लाख ७० हजार बजेट विनियोजन गरेको छ । यस्तै आन्तरिक आय तर्फ १ अर्ब ५२ करोड ८३ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । 

नगरपालिकाको १२औँ नगरसभामा उपप्रमुख विजय कृष्ण श्रेष्ठले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको लागि कुल विनियोजित बजेट मध्ये पुजीगत तर्फ ७७ करोड ७७ लाख २८ हजार रूपैयाँ  र चालू तर्फ ७४ करोड २३ लाख ५५ हजार रूपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो । 

नगरपालिकाले कुल विनियोजित बजेटको चालू तर्फ ४८ डशमलव ८४ प्रतिशत र पुजिगत तर्फ ५१ डशमलभ १६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सुशासन तथा गुणस्तरिय सार्वजनिक सेवा प्रवाह गर्ने नीति लिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । 

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, सामाजिक समावेशिकरण, कृषि तथा पशुपन्छि, उद्योग, वाणिज्य , सहकारी तथा रोजगारी प्रवर्दन, वन, वातावरण जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, कला, सस्कृति , सम्पदा तथा पर्यटन प्रवर्ध्दन, सुचना विकास र पुर्वाधार विकासलाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।