चर्को असन्तुष्टिकै बीच पारित भयो बजेट

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
चर्को असन्तुष्टिकै बीच पारित भयो बजेट

काठमाडौं । एक साताभन्दा लामो छलफल र सत्तापक्षकै सांसदहरूको चर्को असन्तुष्टि भए पनि आगामी वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बजेटमा मनपरी भएको र निष्पक्षतामाथि छानबिन गर्नुपर्ने माग गरेका सत्तापक्षका सांसदहरूकै समर्थनमा आज विनियोजन विधेयक बहुमतले पारित भएको हो । 

अर्थमन्त्री विष्णु पौडेलले निर्णयार्थ पेश गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो । विधेयक निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सदन बहिष्कार गरेका थिए । विपक्षीका कुर्सी खाली जस्तै थियो । विधेयकको विपक्षमा हात उठाउने सांसदहरू २० जना हाराहारीमा मात्रै थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.