काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी फोटोनले टुनल्यान्ड जी ७ पिक अप नेपाली बजारमा सार्वजनिक गरेको छ । यो गाडी सार्वजनिक हुनुअघि १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको कम्पनीले जनाएको छ ।
यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूका लागि बनाइएको कम्पनीले जनाएको छ । २ सय २५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्ने कम्पनीले जानकारी दिएकेा छ ।