बैंकिङ क्षेत्र सुधार कार्यदलले थाल्यो सुझाव संकलन

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बैंकिङ क्षेत्र सुधार कार्यदलले थाल्यो सुझाव संकलन

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउने उपाय खाज्न नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधारसम्बन्धी कार्यदलले सुझाव संकलन थालेको छ । राष्ट्र बैंकले गत जेठ ३० गते कार्यदल गठन गरेको थियो ।

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले असारभित्रै सुझावसहितको प्रतिवेदन बुझाउने गरी काम थालेको हो । कार्यदलले अहिले विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिरहेको छ । कार्यदलले नियन्त्रणकारी नियमनभन्दा सुपरिवेक्षणलाई प्राथमिकता दिन र ग्रामीण क्षेत्रमा कर्जा बढाउन सुझाव दिने गरी काम सुरु गरेको हो । बैंकहरु मर्जरमा गएपछि परेको प्रभाव र यसले निम्त्याएका समस्या पहिचान गरी राष्ट्र बैंकलाई सुझाव दिने योजना छ । बजारमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगाएर रोजगारी सिर्जना गर्ने उपायको खोजी पनि यो कार्यदलले गर्ने छ ।

यसैगरी कार्यदलले मुलुकलाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र सेयर बजारमा राष्ट्र बैंकको भूमिकाका बारेमा पनि अध्ययन गरी सुझाव दिने छ । यही कार्यदलको सुझावअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने राष्ट्र बैंकको तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.