सुनचाँदी व्यवसायीको संरक्षण र कर प्रणाली चुस्त बनाउन संसदीय समितिको निर्देशन

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनचाँदी व्यवसायीको संरक्षण र कर प्रणाली चुस्त बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । सुनचाँदी व्यवसायीहरुको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको अर्थ समितिको बैठकले उद्योगी व्यवसायीको संरक्षण गर्न र कर प्रणाली चुस्त बनाउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको हो । उद्योगी व्यवसायी बाँकी रहेमात्रै कर उठ्ने भएकोले उद्योगी व्यवसायीको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको समितिको ठहर छ ।

समितिमा आर्थिक विधेयकमार्फत् सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.