‘ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्यो’

जेष्ठ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्यो’

काठमाडौं । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको 'प्रि मनिटरी पोलिसी डिस्कसन' कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानीयोग्य रकम थ्रुप्रिने र ब्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताउनु भयो । 

गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरूले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उपाध्यायले बताउनु भयो ।उहाँकाअनुसार नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरूलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उहाँको भनाई छ । 

वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरूरी रहेको उहाँकाे भनाइ छ ।

उपाध्यायकाअनुसार नेपालमा प्रभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले समस्या भएको बताउनु भयो । उहाँले भारतको उदाहरण दिँदै यदी धितो छ भने तीन वर्ष नभईकन शतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता पर्दैन । तर नेपालमा पहिलो वर्षमै शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले यसले ठूलो दबाब पैदा गरेको छ ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले बजेटको उद्देश्य र मर्मअनुरूप मौद्रिक नीति आउन आवश्यक भएको बताउनु भयो । उहाँले अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिलाई सन्तुलन मिलाएर जाने कुरा गरेको भन्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनु भयो ।

यस्तै, कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नागरिकलाई केन्द्रमा राखेर आफूले बीमाको क्षेत्रमा ‘प्रो पिपुल्स पोलिसि’ बनाउन थालेको बताउनु भयो । 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केन्द्रिय बैंकले लिने नीति तथा निर्णयले सम्पूर्ण वित्तीय प्रणालीमा असर गर्ने बताउनु भयो । उहाँकाअनुसार ती नीतिले पुँजी बजारलाई समेत प्रत्यक्ष रूपमा असर गर्ने हुँदा मौद्रिक नीतिबारेका छलफलहरूले बजारको स्थायित्वलाई समेत मजबुत बनाउन सघाउ पुग्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले अरू देशको तुलनामा नेपालको मौद्रिक नीति फरक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले धेरै काम गरिदिओस् भन्ने सोसाइटीको धेरै आकांक्षा रहेको बताउनु भयो ।

उहाँकाअनुसार मौद्रिक नीतिको कोर फङ्सङ भित्र बसेर मिडियाहरूले यसका सीमाहरू, मेकानिजम, यसभित्र बसेर राष्ट्र बैंकले कसरी बसेर काम गरिरहेको छ भन्नेबारे मिडियाहरूले वास्तविकता ल्याइदिन सक्नुपर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.