संखुवासभा। हरेक पटकको स्थानीय, प्रदेश या संघको निर्वाचनका बेला भोजपुर र संखुवासभा जोड्ने अरूण नदीमाथि पक्की पुल बनाउने चर्चा धेरै हुन्छ । नेताहरूले २०४६ पछि पटक-पटक पक्की पुल बनाउने भाषण गरेपनि अझैसम्म अरूण नदीमा पुल भने बनेको छैन ।
भोजपुर षडानन्द-४ का मधुसुदन भट्टराई अहिले ४७ पर्षको हुनुभयो । उहाँ १२ वर्षको केटाकेटी हुँदै अर्थात् ३५ वर्षअघिदेखि भोजपुर र संखुवासभालाई जोड्ने अरूण नदीमाथि पुल बन्छ भन्ने सुन्दैआउनु भएको हो । तर उहाँ प्रौढ भइसक्दा पनि पक्की पुल नबन्दा झोलुंगे पुलबाटै नदी तर्ने बाध्यता हटेको छैन ।
लंसुवाघाटमा पक्की पुल निर्माण सुरू भएको १६ वर्ष बित्यो । संखुवासभा र भोजपुर जोड्ने अरूण नदीमाथि पुल बन्न नसकेपछि विगत ४ वर्षयता सतिघाटमा फेरी सञ्चालन त गरियो । तर यो फेरि अरूणमा पानी बढ्नासाथ बन्द हुन्छ । यसले भोजपुर र संखुवासभाको उत्तरी क्षेत्रको पचास हजार भन्दा धेरै जनसंख्या प्रभावित हुने गर्छन् । बिरामी, अशक्त र गर्भवतीलाई अस्पताल लैजान समस्या छ ।
पुल नभएपनि संखुवासभा र भोजपुरको दुवैपटि्ट सवारीसाधन चल्न थालेको एक दशक नाघिसक्यो । पानी बढेर फेरी नचल्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउापालिका, छिमेकी जिल्ला खोटाङ र संखुवासभाको केही भेगका बासिन्दा प्रत्यक्ष मारमा परेका छन ।
फेरी चल्दा दैनिक २ सयभन्दा बढी सवारी साधन तार्ने गरिएको थियो । बर्खा लागिसक्यो । अब फेरी बन्द भएपछि अरूण नदी वारपार गर्न झोलुंगे पुलकै भर पर्नुपर्छ । दैनिक उपभोग्य सामग्री भरियाालाई बोकाएर लैजाादा सामानको मूल्य महंगिएको छ ।