एसियाली खाद्य तथा कृषि सहयोग पहल 'अफासी'को सातौं अधिवेशन काठमाडौंमा सुरू

जेष्ठ १६, २०८२ |सुमन पन्थ
एसियाली खाद्य तथा कृषि सहयोग पहल 'अफासी'को सातौं अधिवेशन काठमाडौंमा सुरू

काठमाडौं । एसियाली खाद्य तथा कृषि सहयोग पहल 'अफासी'को सातौं अधिवेशन काठमाडौंमा सुरू भएको छ । 

एसियाली देशहरूको खाद्य सुरक्षा कायम गर्ने, उत्पादन सुधार गर्ने, दिगो कृषिलाई साकार पार्ने र विस्तार सेवा बढाउने लक्ष्यसहित 'अफासी'को सातौं अधिवेशन काठमाडौंमा सुरू भएको हाे । 

सम्मेलनमा १५ देशका सरकारी तथा गैर-सरकारी क्षेत्रका कृषि विज्ञहरूको सहभागिता रहेकाे बताइएकाे छ । अधिवेशनको उद्घाटन गर्दे कृषि मन्त्री रामनाध अधकारीले विश्व जलवायु परिवर्तको चपेटामा परेको हुँदा सोहीअनुसार रणनिति लिन सुझाउनुभएकाे छ ।

बंगलादेश, भुटान, कम्बोडिया, इन्डोनेसिया, किर्गिस्तान, लाओ मंगोलिया, म्यानमार, नेपाल फिलिपिन्स, श्रीलंका १५ सदस्य राष्ट्रहरू छन ।

'अफासी' एसियाली खाद्य तथा कृषि सहयोग पहल एक अन्तरसरकारी तथा बहुपक्षीय सहयोग निकाय हो । जसले कृषि प्रविधिसम्बन्धि ज्ञान र जानकारी साँझा गरेर एसियाली देशहरूको खाद्य उत्पादन सुधार गर्ने, दिगो कृषिलाई साकार पार्ने र विस्तार सेवा बढाउने लक्ष्य राखेको छ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।