राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु

वैशाख २, २०८३ |न्युज एजेन्सी नेपाल
राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय आर्थिक गणना बुधबारदेखि सुरु भएको छ । 

गणनाका लागि देशभर ४ हजार गणक परिचालन गरिएको छ । गणनामा नेपालको भूगोलभित्र रहेका वस्तु तथा सेवा उत्पादन, वितरण र आर्थिक कारोबार गर्ने सबै प्रकारका स्थायी प्रतिष्ठानहरू समेटिनेछन् । गणनाले संघीय, प्रादेशिक र स्थानीय तहसम्मको अर्थतन्त्रको आकार पत्ता लगाउन मद्दत गर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

करिब ४ हजार गणकहरूलाई कार्यक्षेत्रमा परिचालन गरिएको र गणना आगामी दुई महिना सात दिनसम्म निरन्तर चल्ने पनि कार्यालयले जनाएको छ । कार्यालयले पहिलो पटक जीआईएस प्रविधिमार्फत गणकको लोकेसन र कार्यक्षेत्र ट्रयाक गर्ने व्यवस्था मिलाएको छ । 

ठूला प्रतिष्ठानहरूका लागि ‘ई–सेन्सस’ को व्यवस्था गरिएको छ । यसअन्तर्गत प्रतिष्ठानहरूले आफैं युजरनेम र पासवर्ड लिएर अनलाइनमार्फत विवरण भर्न सक्नेछन् । यस पटक करिब १ लाख प्रतिष्ठानले ई–सेन्ससबाट विवरण दिने कार्यालयको अनुमान छ ।


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।