काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गर्नुभएको छ ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।