रासायनिक मल उत्पादन कारखानाको सम्भाव्यता अध्ययन प्रतिवेदन अघि बढाइयाे

जेष्ठ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रासायनिक मल उत्पादन कारखानाको सम्भाव्यता अध्ययन प्रतिवेदन अघि बढाइयाे

काठमाडौं । सरकारले रासायनिक मल उत्पादन कारखानाको सम्भाव्यता अध्ययन प्रतिवेदन अघि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बोर्डको ६३औँ बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई समीक्षा गरी अघि बढाउने निर्णय गरेको हो । 

 बैठकमा जर्मनीको ‘डिआइएजी इण्डष्ट्रिज जिएमबिएच’बाट प्राप्त प्रतिवेदनको समीक्षा र पुनरावलोकन गरी उपयुक्त विकल्प सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको विस्तृत अध्ययन विकास तथा सञ्चालन-व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई प्रतिस्पर्धात्मक प्रकृयामा लैजाने निर्णय पनि गरेको छ । 

यसैगरी ‘डिप सी बेड माइनिङ’ परियोजनाको सम्बन्धमा प्राप्त प्रस्तावलाई आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गरी बोर्डमा प्रतिवेदन पेश गर्न समिति गठन भएको छ । 

बैठकले नेपालमा ‘ग्रिन हाइड्रोजन’सम्बन्धि अध्ययन तथा उद्योग स्थापना सम्बन्धमा प्राप्त प्रस्तावअनुरूप परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न बोर्डको कार्यालयलाई अख्तियारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.