हामी १८औं गणतन्त्र दिवस मनाउँदै छौं । २०६५ जेठ १५ गतेदेखि नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रात्मक मुलुक भएको हो । अर्थात् हाम्रो गणतन्त्र १७ वर्षे किशोर अवस्था पार गर्दै छ । अनेक उतारचढावका बीच किशोरावस्थामा पुगेको गणतन्त्र कति जोखिममुक्त ?
दक्षिणपन्थी हावाहुरीभन्दा कयौं बढी यसै व्यवस्थाका पृष्ठपोषकहरूको अकर्मण्यताका कारण गणतन्त्रमाथि अझै प्रश्न उठ्ने गरेका छन् । गणतान्त्रिक व्यवस्थाप्रति प्रश्न उठ्नु, राजनीतिक प्रदूषण बढेर जनस्तरमा असन्तुष्टि बढ्नुमा यी केही शीर्ष अनुहारहरू मात्रै दोषी हुन् त ? आमनागरिक कति जिम्मेवार ? सरकार, दल, नेता, मिडिया सबैजसो गणतन्त्रको संस्थागत विकासमा भूमिका भएका तन्तुहरू किन कमजोर हुँदै गएका छन् ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौं । हामीसँग हुनुहुन्छ नेकपा एमालेकी नेता उषाकिरण तिम्सेना, माओवादी केन्द्रका नेता रहबर अन्सारी र नेपाली कांग्रेसका नेता प्रकाश स्नेही ।
हेर्नुहोस् कार्यक्रम सरोकार :