भक्तपुर । भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ४४ करोड ९५ लाख ३५ हजार रूपैयाँ आम्दानी गरेको छ ।
जनप्रतिनिधिहरूले पदबहाली गरेको तीन वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले गत आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी आर्थत् ४ करोड २ लाख ३५ हजार बढीले आयतर्फ बृद्धि गरेको हो ।
नगरपालिकाले भक्तपुर उद्योग क्षेत्रका उद्योगीहरूलाई करको दायरामा ल्याएको र व्यवसाय कर संकलनका लागि कर टोली परिचालन गरी करको दायरामा ल्यएर आय बृद्धि गरेको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन, खेलकुद, वातावरण सरसफाई, कृषि र युवा लक्षित कार्यक्रममा समेत उल्लेख्य प्रगति गरेको जनाएको छ । निर्वाचनको समयमा जारी गरेको घोषणा पत्रलाई आधार मानेर जनप्रतिनिधिहरूले नगरक्षेत्रको विकासका लागि काम गर्दै आइरहेको प्रमुख प्रजापतिले जनाएको छ ।
जनप्रतिनिधिहरूले पदबहाल गरेको तीन वर्ष पुरा भएको अवसरका पारेर भक्तपुरको गहिती स्थित लक्ष्मिनरसिंह मन्दिरका पुनर्निमार्ण गरी विधिवत उद्धघाटन गरिएको छ ।
उक्त मन्दिर ७ सय बर्ष पुरानो मल्लकालिन ऐतिहासिक मन्दिर हो । नगरपालिकाले देको मिवा जग्गा ऐकीकरण आयोजना १६५४ रोपनीमा संचालन भइरहेको र हाल सम्म १० हजार ४३ वटा जग्गाधनी पुर्जा वितरण गरिसकेको जनाएको छ ।
आयोजनामा खोलाको बाटो लगएत मुख्य सडक कालापत्रे भइरहेको जनाएाको छ । जग्गा धनीहरूको केही गुनासोवारे सम्मन्वय गरी समाधानको प्रयास भइरेहेको प्रमुख प्रजापतिले जनाएको छ । गुठी र खोलाको मापदण्ड समस्या समाधान लागि प्रयास भइरहेका समेत जनाएको छ ।