संसदीय समितिद्वारा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय समितिद्वारा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सरकारलाई आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभयो । प्रतिवेदनमा नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा छलफलका सुझावहरू रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.