काठमाडौं । लगानी बोर्डले पाँच वर्षे रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाका स्वीकृत गरेको छ ।
झन्डै ६ महिनापछि बसेको लगानी बोर्डको ६१औं बैठकले पाँच वर्षे रणनीतिको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ ।
लगानी स्वीकृतिका २१ वटा एजेन्डा लगिएकोमा आज एउटा मात्रै पास भएको हो । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको हो ।