काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलनामा निवेदन दायर गरेका हुन् ।
महामन्त्री थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आशयसहितको अभिव्यक्ति दिनुभएको थियो । लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा उहाँले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुंगो नलगाई डिल गरेको भन्दै अदालतको विश्वसनीयतामा समेत प्रश्न गर्नुभएको थियो ।
उक्त निवेदनमाथि मंगलबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।