शिथिल अर्थतन्त्र चलायमान बनाउने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव

वैशाख १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिथिल अर्थतन्त्र चलायमान बनाउने नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव

काठमाडौं । सांसदहरूले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाएका छन् । संघीय संसद्को पूर्वाधार समितिमा बोल्दै सांसदहरूले रोजगारी सिर्जना गर्ने र शिथिल रहेको अर्थतन्त्रलाई उकास्ने किसिमको नीति ल्याउन जोड दिएका हुन् । 

समिति सदस्य एलपी साँवा लिम्बूले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारमा सहभागी हुन आह्वान गर्नुपर्ने बताउनुभयो ।

सांसदहरूले राष्ट्रिय गौरवका आयोजना सक्ने कार्यतालिका ल्याउन, रुग्ण सरकारी उद्योग संचालन गर्ने र रोजगारीका अवसर सिर्जना हुआने कार्यक्रम ल्याउन सुझाएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.