सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मलेन गर्ने

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मलेन गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मलेन गर्ने भएको छ। आन्तरिक तथा वाहृय लगानी भित्र्याउने उद्देश्यले प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन गर्न लागेको हो ।

त्यसका लागि मूल आयोजक समितिको पहिलो बैठक बिहीवार धनगढीमा सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि,प्रदेश र संघीय सांसद सहभागी उक्त बैठकले सुदूरपश्चिमका सम्भावित लगानीका क्षेत्रका विषयमा प्रारम्भिक छलफल गरेको छ ।

सम्मेलनमा शो केसमा राख्न सकिने उच्च प्राथकिताको एउटा आयोजना सिफरिस गरी बैशाख १५ गतेभित्र सचिवालयमा पठाउनुपर्ने निर्णय पनि बैठकले गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.