भारु विनिमय दर प्रणाली बजारलाई छोड्दा संकट निम्तिन सक्छ : पूर्वकार्यकारी निर्देशक थापा

वैशाख ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारु विनिमय दर प्रणाली बजारलाई छोड्दा संकट निम्तिन सक्छ : पूर्वकार्यकारी निर्देशक थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तयारीबिनै भारु विनिमय दर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकटको समस्या निम्तिन सक्ने बताउनुभएको छ । भारुको मूल्य निर्धारण बजारबाटै हुनुपर्ने सुझाव सहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझाएको छ । तर राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाले भने विनिमय दर अस्थिर छोड्ने चरणमा अहिले नेपाल पुगिनसकेको दाबी गर्नुभएको हो ।

तत्काल विनिमय दर अस्थिर छाड्दा सामाजिक, आर्थिक र राजनीतिक संकट आउन सक्ने खतरा हुने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.