सीप र प्रविधि विकासमा निजी क्षेत्रसँग साझेदारी गर्दै सरकारले घोषणा गर्‍यो आन्तरिक रोजगार दशक

उद्यमशीलता र औद्योगिक वातावरण निर्माणमा विज्ञ र व्यवसायीको सुझाव
फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सीप र प्रविधि विकासमा निजी क्षेत्रसँग साझेदारी गर्दै सरकारले घोषणा गर्‍यो आन्तरिक रोजगार दशक

काठमाडौं । सरकारले आन्तरिक रोजगार दशक घोषणा गरेको छ । आन्तरिक रोजगारी अभिवृद्धि गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको 'राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन'मा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १० वर्षलाई आन्तरिक रोजगार दशक घोषणा गर्नुभएको हो ।

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रत्येक वर्ष श्रम बजारमा आउने श्रम शक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने खालका नीतिगत अस्पष्टता हटाउन सुझाव दिनुभयो ।

सम्मेलनमा विज्ञ तथा व्यवसायीहरूले आन्तरिक रोजगारीको वृद्धिका लागि नेपालमा सार्वजनिक, निजी र बाह्य लगानी बढाउन आवश्यक रहेको बताए । उनीहरूले बजारको माग अनुसारको सीप दिलाउने शिक्षा प्रणाली ल्याउन समेत सरकारलाई सुझाए ।

त्यस्तै कार्यक्रमका अन्य विज्ञहरूले आन्तरिक रोजगार प्रवर्द्धनका लागि सीप विकासलाई मुख्य प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए ।

उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलन भोलिसम्म चल्ने छ । सम्मेलनले आन्तरिक रोजगारको ठोस खाका बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement