प्यारामाउन्ट मोटर्सले ल्यायो एमजी एस ५ ईभी गाडी

फाल्गुन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्यारामाउन्ट मोटर्सले ल्यायो एमजी एस ५ ईभी गाडी

काठमाडौं । प्यारामाउन्ट मोटर्सले एमजी एस ५ ईभी गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्यारामाउन्टले एमजी एस ५ ईभी कम्फर्ट र डिलक्स गरि दुई भेरियन्टमा गाडी ल्याएको हो । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको एमजी एस ५ ईभी कम्फर्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ र डिलक्स भेरियन्ट एमजी एस ५ ईभीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य भने ५४ लाख ९९ लाख रहेको छ । गाडीमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको कम्पनीको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement