दुई सातामा १ सय ३७ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

फाल्गुन १७, २०८१ |अर्थ ब्युरो
दुई सातामा १ सय ३७ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । दुई साताभित्रै सेयर बजार परिसूचक नेप्से १ सय ३७ अंकले बढेको छ । सस्तो ब्याजदर, बैंकको नाफा बढाउने गरी राष्ट्र बैंकको मौद्रिक नीति संशोधनका कारण बढेको सेयरबजारमा दुई सातामा लगानीकर्ताको सम्पत्ति २ खर्ब २७ अर्बले बढेको छ ।

फागुन १ मा नेप्से ७ दशमलव २-६ अंकले घटेर २६ सय ७८ अंक कायम भएको थियो । त्यसयता भने दिन दिनै बढेको छ । बिहीबार मात्रै नेप्से ४९ दशमलव एक-पााच अंकले बढेर २८ सय १५ अंक कायम भएको छ । गत मंगलबार नेपाल राष्ट्र बैंकले बैंकहरुको नाफा बढ्ने गरी मौद्रिक नीति संशोधन गरेको थियो । जसको असर बिहीबारको सेयर बजारमा देखिएको हो । राष्ट्र बैंकले गरेको मौद्रिक नीति संशोधनकै कारण बिहीबार बैंकिङ समूहको परिसूचक ४६ अंकले बढ्यो ।

गत वर्षको तुलनामा महंगी बढे पनि बैंकको ब्याज सस्तो भएको छ । महंगी बढ्न लाग्दा राष्ट्र बैंकले ब्याज बढाउने गरी नीतिगत संशोधन नगरेकाले लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन् ।

कम्पनीहरुले प्राप्त गरेको प्रतिफलका आधारमा सेयर बजारमा केही लगानी बढेको लगानीकर्ताको भनाइ छ ।



Enter Kantipur TV HD
Advertisement