लगानीमैत्री उद्योग नीति ल्याउन विराटनगरका उद्योगी-व्यापारीको माग

माघ २६, २०८१ |महाप्रसाद खतिवडा
लगानीमैत्री उद्योग नीति ल्याउन विराटनगरका उद्योगी-व्यापारीको माग

मोरङ । विराटनगरका उद्योगी, व्यापारीहरुले लगानीमैत्री उद्योग नीति ल्याउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार विराटनगरमा भएको औद्योगिक नीति, २०८१ को मस्यौदामाथि सरोकारवालाहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यापरीहरूले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन माग गरे । तयारी वस्तु आयात गर्दा लाग्ने भन्सार महसुल र कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल समान भएकाले स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूको भनाइ थियो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले भने स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोल्न उद्योगी, व्यवसायीलाई सुझाएका छन् । कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन उद्योग र सेवाक्षेत्रमा लगानी बढाउने नीति तर्जुमा गर्न सुझाव दिनुभयो ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement