पेट्रोलियम पदार्थको अन्वेषणका लागि संकलित नमुना लिएर चीन फर्कियो विज्ञ टोली

माघ ४, २०८१ |चक्र भण्डारी
पेट्रोलियम पदार्थको अन्वेषणका लागि संकलित नमुना लिएर चीन फर्कियो विज्ञ टोली

दैलेख । दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ड्रिलिङ कार्य सम्पन्न भएसँगै प्राप्त नमुना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ ।

गत वैशाख २८ गतेबाट सुरू गरिएको ड्रिलिङ कार्यबाट प्राप्त भएको नमुना लिएर विज्ञ टोली चीन फर्किएको हो । ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना लिएर चीनको प्राविधिक टोली फर्किएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले जानकारी दिनुभयो ।

भूगर्भविद् लुइँटेलका अनुसार विज्ञहरूले सङ्कलन गरेको २/२ मिटरको गहिराइबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरेर तीन वटा थप अध्ययनका लागि नमुना सङ्कलन गरेर टोली फर्किएको हो ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोली मध्ये १५ जना भने अन्वेषण स्थान जलजलेमै रहेका छन् । ड्रिलिङ कार्यबाट प्राप्त भएको स्याम्पलको विशिष्ट अध्ययन चीनमा हुने र त्यसका लागि तीन महिनाको समय पछि मात्र उत्खननका लागि आर्थिक विश्लेषण, भण्डारण तथा प्रशोधनका काम अगाडि बढाउन सकिने वा नसकिने रिपोट आउने छ ।

दैलेख अन्वेषण स्थलमा पुगेका पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले मुलुकको समृद्धिका लागि आफू सरकारमा रहँदा ठूला आयोजनाको काम अघि बढाएको जिकिर गर्नुभयो ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement