कोरला नाकामा भन्सार कार्यालय नहुँदा राजश्व गुमाउँदै सरकार

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोरला नाकामा भन्सार कार्यालय नहुँदा राजश्व गुमाउँदै सरकार

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिका, १ नेचुङ स्थित कोरला नाकामा भन्सार स्थापना र संञ्चालन नहुँदा राज्यले दैनिक हजारौं रुपैयाँ बराबरको राजश्व गुमाउँदै आएको छ।

औपचारिक रुपमा एक वर्षअघिदेखि खुला गरिएको मुस्ताङको कोरला नाकामा नेपाली भन्सार कार्यालय र भन्सार संकलन प्रणाली स्थापना भएको छैन । दैनिक चीनबाट व्यापारीले कोरला नाका हुँदै भन्सार प्रज्ञापन पत्र विलविजक बिनाका करोडौंका सामान नेपाल ल्याउने गरेका छन् ।

हालै जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोलीले जोमसोममा एउटा मालवाहक ट्रकबाट ल्याउँदै गरेको भन्सार प्रज्ञापन पत्र विलविजक बिनाका ६ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद भएसँगै कोरला नाकाबाट निर्वाध सामानहरुको अवैध ओसार-पसार भइरहेको पुष्टी भएको हो ।

कोरला नाकामै रहनु पर्ने भन्सार कार्यालय नाकादेखि १९ किलोमिटर तल नेचुङस्थित सशस्त्र प्रहरीको बीओपी कार्यालयभित्र राखिएको छ । त्यहाँ पनि बोर्ड मात्रै छ । भन्सार कार्यालयका कर्मचारी भने जोमसोममै बस्छन् ।

गृहमन्त्री रमेश लेखकले गत कात्तिक १४ गते कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गर्नुभएको थियो । अध्यागमन कार्यालयले कोरला नाकाबाट हुने व्यक्तिहरुको नियमन मात्र गर्ने भएकोले सामाग्रीहरुको क्वारेन्टाईन, विलविजक काट्ने निकाय भन्सार कार्यालय, प्रणाली र दक्ष कर्मचारी नहुँदा राजश्व गुम्दै आएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement