महोत्तरी । महोत्तरीको जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवचन्द्र चौधरी विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सन्तोस साहलाई ६१ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।
विजयी चौधरीले ४ सय १९ मत ल्याउँदा साहले ३ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत विजय ठाकुरले जानकारी दिनुभयो ।
निर्वाचनमा एकजना सदस्यबाहेक चौधरीको प्यानल नै विजय भएको छ । निर्वाचनबाट उपाध्यक्षमा राम एकवाल साह विजयी हुनुभएको छ । त्यस्तै, महासचिवमा राजु कुमार पुर्वे, कोषाध्यक्षमा नारायण कुमार गुप्ता, सचिवमा चन्द्न कुमार साह निर्वाचित हुनुभएको छ । त्यस्तै, महिलामा कमला देवी कोइराला विजयी हुनुभएको छ ।
अन्य सदस्यहरूमा रमन कुमार चौधरी, संजय कुमार गुप्ता, अनिल कुमार साह, रोशन महासेठ, मुकेश कुमार साह, मणीभुषण ठाकुर, रुपेश कुमार साह, सरोज कुमार साह, ओमप्रकाश साह विजयी हुनुभएको छ । जलेश्वर उद्योग वाणिज्य संघमा ८ सय ६५ मतदाता रहेकोमा ७ सय ९९ ले मतदान गरेका थिए ।