संसद्मा रास्वपा र राप्रपाको अवरोध कायमै

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्मा रास्वपा र राप्रपाको अवरोध कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाले संसद्मा अवरोध कायमै राखेका छन् ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिनुभएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् । 

बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले आफूहरूको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.