वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफन्डले १ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफन्डले १ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्यान्ड सरकारको लगानी रहेको फिनफन्डले १ करोड युरो अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष दिलिप अग्रवाल र फिल्यान्डका वरिष्ठ लगानी प्रबन्धक किल्पेलेईनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । फिनफन्डले लगानी गरेको रकम वर्ल्डलिंकले फाइबर नेटवर्क विस्तार र डाटा सेन्टर निर्माणमा प्रयोग गर्ने जनाएको छ ।

जसले ग्रामीण क्षेत्रमा इन्टरनेटको सेवा विस्तारसँगै गुणस्तरीय इन्टरनेट पुग्ने वर्ल्डलिंकले जनाएको छ । नेपालमा ९८ प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गर्ने भए पनि आधाभन्दा बढी जनसंख्या ब्रोडव्यान्ड इन्टरनेट सेवाभन्दा बाहिर छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement