काठमाडौं । अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमै पहिलो पटक आईएसओ २२३०१:२०१९ प्रमाण पत्र प्राप्त गरेका छन् ।
आईएसओ २२३०१ व्यापार निरन्तरता व्यवस्थापन प्रणाली (बीसीएमएस) को अन्तर्राष्ट्रिय मानक हो । यसले संस्थाहरूलाई कुनै पनि अवरोधको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन र सञ्चालनलाई निरन्तरता दिन सक्षम बनाउँछ ।
“यो प्रमाण पत्रले हाम्रो व्यावसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितताप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । आईएसओ २२३०१ प्रमाणपत्र प्राप्त गर्दै, अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमा नयाँ मापदण्ड स्थापना गरेका छन्”, कम्पनीका निर्देशक शिवाज न्यौपानेले भन्नु भयो ।