कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरू

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ ।

यो बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो भने निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको छ । 

बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरू छलफल हुने अपेक्षा गरिएको छ । यसअघि संस्थापन पक्षका युवाहरू पार्टी कार्यालय छोडेपछि नयाँ नेतृत्वको टोली सानेपा प्रवेश गरेको हो । पार्टीभित्रको आन्तरिक विवाद र सुधारका एजेन्डालाई सम्बोधन गर्दै थापा नेतृत्वको कार्यसमितिले नयाँ गति लिने विश्वास गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.