कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

पार्टी कार्यलय सानेपामा पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशबासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताउनु भयो । उहाँले पार्टीका सबैलाई समेटेर एकीकृत रूपमा अगाडि बढ्नुपर्ने बताउनुहुँदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गर्नुभयो । नेपाली कांग्रेस विघटित प्रतिनिधि सभाको पनि पहिलो दल हो ।

उहाँले भन्नुभयो, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रूपबाट हामी अगाडि बढ्नुपर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छ ।’ उहाँले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटकपटक उम्मेदवार हुन नहुने मान्यता राखेर सर्लाही-४ बाट उम्मेदवार बन्नुभएको बताउनु भयो । 

यसअघि पनि थापा मधेसमा जान खाजेको भए पनि परिस्थिति नमिलेको उहाँले बताउनु भयो । नेपाली कांग्रेस र लोकतन्त्रको मेरूदण्डको रूपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेदवारी दिएको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.