जनताले विध्वंश मच्याउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्दछ : देवेन्द्र दाहाल

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनताले विध्वंश मच्याउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्दछ : देवेन्द्र दाहाल

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आसन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक दलहरूलाई विजयी गराउन आम मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता दाहालले देशलाई ध्वंश बनाउनेहरूलाई मतदान गर्ने कि देश निर्माण गर्नेलाई भन्ने विषयमा नेपाली जनताले सही र सटिक विश्लेषण गरेर मतदान गर्नुपर्ने बताउनु भयो । 

उहाँले देशमा ध्वंश मच्चाउनेहरुलाई निर्वाचनमा विजयी गराउने काम गर्न नहुने समेत बताउनु भयो । नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यसको पुनःस्थापनमा जोड दिनुपरेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.