नुवाकोटमा कृषि तथा घरेलु उद्योग प्रवर्द्धन गर्न महोत्सव

अन्तर्राष्टिय ब्रान्डका अटोमोबाइलहरू समेत प्रदर्शनीमा
माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नुवाकोटमा कृषि तथा घरेलु उद्योग प्रवर्द्धन गर्न महोत्सव

नुवाकोट । कृषि तथा घरेलु उद्योग र पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले नुवाकोट महोत्सव २०८२ सञ्चालन गरिएको छ ।

जिल्लामा उत्पादित कृषि उत्पादन तथा घरेलु उद्योगअन्तर्गत उत्पादित उपभोग्य तथा घरेलु हस्तकलासम्बन्धी सामग्रीको प्रदर्शनी तथा बजार प्रवर्द्धन र आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले नुवाकोट उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । 

९औं संस्करणको महोत्सव माघ १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा कृषि तथा घरेलु उत्पादनदेखि अन्तर्राष्टिय ब्रान्डका अटोमोबाइलहरू समेत प्रदर्शनीमा राखिएका छन् । साथै, महोत्सवमा नेपाली मौलिक कला तथा संस्कृति र जातीय भेषभुषासहित बालन भजन, सोरठी नाचलगायत विभिन्न बाजागाजाहरूको समेत प्रस्तुतिकरण भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.