राष्ट्रिय सभामा दुईवटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभामा दुईवटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रिय सभामा दुईवटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले राष्ट्रिय सदाचारसम्बन्धी अध्ययन प्रतिवेदन-२०८२ सम्बन्धी समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक-२०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नु भएको हो । 

प्रतिवेदनमा मुलुकको सदाचार र पर्यटन क्षेत्रको विकास सम्बन्धमा व्यापक सुझाव सरकारलाई दिइएको बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.