आगामी आर्थिक वर्षदेखि बागमती प्रदेश सरकारले कृषिमा तीन थरी अनुदान दिने

माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी आर्थिक वर्षदेखि बागमती प्रदेश सरकारले कृषिमा तीन थरी अनुदान दिने

काभ्रे । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुधन पौडेलले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले कृषिमा तीन थरी अनुदान दिने प्रष्ट पार्नुभएको छ ।

काभ्रेको पनौतीमा सम्पन्न नेपाल डेरी एसोसिएसनको २७औँ साधारण सभा तथा नवौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले तीन प्रकारका अनुदान प्रणाली मात्र लागू गर्ने मोडालिटी तयार पारेको जानकारी दिनुभएको हो । 

उहाँले अबदेखि उत्पादनमा आधारित अनुदान, सहुलियतपूर्ण कर्जा, र परियोजनामा आधारित अनुदानलाई मात्र मान्यता दिइने प्रष्ट पार्नुभयो । डेरी एसोसियसनको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ । अध्यक्षमा प्रह्लाद दाहाललाई दोहोर्‍याउँदै ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.