नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै

अपरान्ह पौने एक बजेदेखि राति १२ बजेसम्म भारतको बाटो हुँदै ४० मेगावाट बिजुली निर्यात हुने
कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै

काठमाडौं । नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गर्ने भएको छ । आज दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुने भएको हो ।

नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न लागिएको हो । नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ ।

पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुने छ । योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ । ६ वर्षको अथक प्रयासपछि बिजुली निर्यात हुने भएको हो ।

प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ । भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव नौ-पाँच पैसा आम्दानी गर्ने छ । बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.