काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको ४२५औं बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीतिसँगै ३४ अर्ब १२ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं प्राधिकरणका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले बजेट तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको हो ।
३४ अर्ब १२ करोड १६ लाखको स्वीकृत बजेटमध्ये पूँजीगततर्फ ११ अर्ब ५२ करोड २५ लाख, कार्य सञ्चालन तर्फ ६ अर्ब ५२ करोड ७१ लाख र मूल्यअभिवृद्धि कर तथा तथा अन्य वित्तीय व्यवस्थासमेत गरी १६ अर्ब ७ करोड २० लाख रुपैयाँ व्यवस्था गरिएको छ ।
जसअनुसार पूँजीगत तर्फ ३३ दशमलब ७७ प्रतिशत, कार्य सञ्चालन तर्फ १९ दशमलब १३ प्रतिशत र मूल्य अभिवृद्धि कर तथा अन्य वित्तीय व्यवस्थाका लागि ४७ दशमलब १० प्रतिशत छुट्याइएको छ ।